सोपानले भन्यो- डेडिकेटेड र ट्रंकलाइन बक्यौता अर्को हाइड्रोपावरबाट उठाउन मिल्दैन

नेपालभ्युज

सोपानले भन्यो- डेडिकेटेड र ट्रंकलाइन बक्यौता अर्को हाइड्रोपावरबाट उठाउन मिल्दैन

काठमाडाैँ । सौर्य उर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान)ले नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको बक्यौता विवादमा जोडिएका उद्योगीहरूको लगानी रहेको हाइड्रोपावरबाट उठाउने गरी गरेको पत्राचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

सोपानले प्राधिकरणले पठाएको पत्र उर्जा उत्पादक कम्पनीहरूसँग भएको विद्युत् बिक्री सम्झौता विपरीत भएको बताएको छ ।

‘केवल साझा शेयरधनी रहेको आधारमा एउटा कम्पनीले भुक्तानी गर्नुपर्ने बक्यौता रकमको दायित्व बिल्कुलै स्वतन्त्र अस्तित्व रहेको अर्को कम्पनीलाई बहन गराउने कार्य कम्पनी कानुनको स्थापित सिद्धान्त विपरीत हुन्छ ’ विज्ञप्तीमा भनिएको छ ।

उर्जा कम्पनीहरूमा सार्वसाधारणहरु लगायत अन्य कैयन सेयर धनीहरूको लगानी हुने गरेकोले अर्कै उद्योगको बक्यौता असुलउपर गर्दा शेयरधनीको हक अधिकारमा समेत गम्भीर आघात पर्ने, प्राधिकरणको कदमले विदेशी लगानीमा समेत नकारात्मक असर गर्ने तथा आगामी १० वर्षमा १० हजार मेगावाट उत्पादनको लक्ष्यमा समेत गम्भीर असर पर्न जाने भन्दै सोपानको ठहर छ ।

नेपालका धेरै जलविद्युत् कम्पनीमा विदेशी लगानी रहेको र यस्ता निर्णयहरूले उनीहरूमा निराशा थपिएको छ। विदेशी साझेदारहरूले पारदर्शिता र विश्वसनीयता गुमेको भन्दै चासो व्यक्त गरेका छन् ।

यस्तो अवस्थामा नेपालमा हुने वैदेशिक लगानीको माहौललाई कमजोर बनाउँदै लगानीकर्ताको विश्वासमा आँच पुर्‍याउन सक्ने खतरा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved