केदार रायमाझीलाई ‘लिभिङ फर अदर’ अवार्ड

नेपालभ्युज

केदार रायमाझीलाई ‘लिभिङ फर अदर’ अवार्ड

काठमाडौं । युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) द्वारा प्रदान गरिने ‘लिभिङ फर अदर’ अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई प्रदान गरिएको छ ।

अष्ट्रेलियाको जर्ज स्ट्रीट चिपेनडलमा आयोजित विशेष समारोहकाबीच समाजसेवी रायमाझीलाई सम्मान गरिएको हो । न्यू साउथ वेल्सस्थित नेपालका अवैतनिक महावाणिज्यदूत सञ्जीव कुमार शर्माले सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष जोन एडमेडेसले नेपालीहरुमा रहेको सेवाभावको खुलेर प्रशंसा गरेका छन् ।

कार्यक्रम संयोजक रहेका सन्तोष न्यौपानेले यस कार्यक्रममले समाजमा भाइचारा र सहयोग आदानप्रदानको वातावरण अझ बलियो हुने बताए ।

रायमाझीलाई प्रदान गरिएको यस सम्मानले नेपाली समुदायभित्र समाजसेवाको महत्व र त्यसप्रतिको प्रतिबद्धतालाई थप उर्जा दिने विश्वास गरिएको छ ।

नेपालदेखि अष्ट्रेलियासम्म रायमाझीको यात्रा निस्वार्थ सेवाको उदाहरण बनेको छ । सन् २०१८ मा अष्ट्रेलिया आएपछि पनि उनले नेपाली समुदाय र अन्य समुदायबीच समानुभूतिको पुल निर्माण गर्न सफल भएका छन् । ग्लोबल गस्पेल मिनिस्ट्रीको नेतृत्वमा उनले परामर्श, राहत, र विभिन्न सामाजिक सेवाहरू संचालन गर्दै समाजमा प्रेरणादायी प्रभाव पुर्‍याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved