अछाममा असईले हाने आफ्नै छातीमा गोली, के थियो कारण ?

नेपालभ्युज

अछाममा असईले हाने आफ्नै छातीमा गोली, के थियो कारण ?
प्रतीकात्मक तस्वीर ।

सुर्खत । अछाममा  प्रहरी सहायक निरीक्षक असई किसनबहादुर चन्दले आफैँमाथि गोली प्रहार गरेका छन् ।

बिहीबार राति साढे ९ बजेतिर अछामको प्रहरी चौकीभित्र उनले आफ्नो छातीमा गोली हानेको घटनाबारे अछामका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी ईश्वरीप्रसाद भण्डारीले पुष्टि गरेका छन् ।

डीएसपी भण्डारीका अनुसार, गोली प्रहारपछि गम्भीर घाइते भएका असई चन्दलाई तत्कालै उपचारका लागि सुर्खेत ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको डीएसपी भण्डारीले बताए ।

तर, असई चन्दले किन यस्तो कदम उठाए भन्ने विषय अझै अज्ञात छ । घटनाको यथार्थ पत्ता लगाउन इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

यो अप्रत्याशित घटनाले प्रहरी विभागभित्रको सम्भावित मानसिक तनाव वा अन्य आन्तरिक कारणहरूप्रति प्रश्न उठाएको छ। अनुसन्धानपछिको रिपोर्टले यसबारे थप खुलासा गर्ने आशा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved