गाजामा इजरायलको हवाई आक्रमण : एकै परिवारका तीन जनाको मृत्यु, कैयौँ घाइते

नेपालभ्युज

गाजामा इजरायलको हवाई आक्रमण : एकै परिवारका तीन जनाको मृत्यु, कैयौँ घाइते
फाइल तस्वीर ।

गाजा । गाजा पट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा एकै परिवारका तीनजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

गाजा सहर केन्द्रमा रहेको घरलाई लक्षित गरी भएको आक्रमणमा एक प्यालेस्टिनी महिला, उनको छोरा र नातिको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

लडाकु विमानहरूले माघाजी शिविरको उत्तरमा रहेको घरमा गोलाबारी गरेका थिए । उक्त घटनामा कैयौँ घाइते भएका हुन् ।

यस्तै देइर अल–बलाहको पश्चिममा आठ प्यालेस्टिनीहरू घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणले गाजा पट्टीमा ४८ जनाको मृत्यु हुनुका साथै ५३ जना घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved