सुनचाँदीको मूल्य बढ्यो

नेपालभ्युज

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved