यू–१९ एसिया कप : श्रीलंकाविरुद्ध फिल्डिङ गर्दै नेपाल

नेपालभ्युज

यू–१९ एसिया कप : श्रीलंकाविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकाविरुद्ध आफ्नो पहिलो खेल खेलिरहेको नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपालका कप्तान हेमन्त धामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

खेल नेपाली समयअनुसार आज बिहान १०ः४५ बजे शारजहास्थित शारजहा क्रिकेट रंगशालामा सुरु हुनेछ ।

आजै सुरु भएको प्रतियोगिताअन्तर्गत नेपाल रहेको समूह ‘बी’को अर्को खेलमा बंगलादेश र अफगानिस्तान भिड्दैछन् ।

दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए ।

यूएई, नेपाल र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष–३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा यूएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै समूह ’बी’मा रहेका छन् ।

समूह ’ए’मा भारत, पाकिस्तान, जापान र यूएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

यस्तो छ नेपाली टोली :

हेमन्त धामी (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रङ्गु थापामगर, मयन यादव, नरेन साउद, युनिशविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved