दुर्गा प्रसाईंलाई हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा भर्ना गरियो

नेपालभ्युज

दुर्गा प्रसाईंलाई हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा भर्ना गरियो

काठमाडौं । विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई बिहीबार अपराह्न ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको साइबर ब्यूरोका एक अधिकृतले जानकारी दिए ।

यसअघि उनले न्यायाधीशसँग आफू क्यान्सर रोगी भएको र उपचार गर्न नपाएको गुनासो गरे पछि न्यायाधीशले स्वास्थ्य जाँच गराएर चिकित्सकले भनेअनुसार गर्न आदेश दिएका थिए ।

त्यसपछि प्रहरीले उनलाई वीर अस्पताल लगेर जाँच गराएको थियो । अहिले पुन: उनले समस्या भएको बताएपछि पहिले जाँच गरिरहेको नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको हो । उनी ४ मंसिरमा पक्राउ परेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved