रविलाई आज भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिने, बयान शुक्रबारदेखि

नेपालभ्युज

रविलाई आज भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिने, बयान शुक्रबारदेखि
फाइल तस्वीर

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिने भएको छ ।

बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिने जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनको शुक्रबारबाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुने बताइएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा  लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पूर्जि जारी भएपछि उनलाई थप अनुसन्धानका लागि बयान लिन लागिएको हो ।   उनीसँगै पक्राउ पूर्जी  जारी भएका अर्का आरोपी छविलाल जोशीलाई भने बयान लिएर  पोखरा फिर्ता पठाइसकिएको  छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा  २ कात्तिकमा पक्राउ परेका उनी हाल कास्की प्रहरीको हिरासतमा रहँदै आएका छन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved