प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, भ्रमण दल ८७ सदस्यीय

नेपालभ्युज

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, भ्रमण दल ८७ सदस्यीय
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि  परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन गइसकेकी छन् । उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका  छ  ।

ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् । चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने बताइएको  छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved