रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

नेपालभ्युज

रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै
फाइल तस्वीर ।

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेलाई साँझ बुद्ध एअरलाइन्सको जहाजबाट काठमाडौं ल्याउन लागिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

यसअघि ११ मंसिरमा काठमाडौं ल्याउने तयारी भए पनि हवाई टिकट नपाउँदा ल्याइएको थिएन ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो ।

लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशी र कुमार रम्तेललाई यसअघि नै काठमाडौंमा ल्याएर बयान लिइ पुनः पोखरा फर्काइसकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved