अब १८ वर्षभन्दा कम उमेरकाले टिकटकमा ब्युटी फिल्टर प्रयोग गर्न नपाउने !

नेपालभ्युज

अब १८ वर्षभन्दा कम उमेरकाले टिकटकमा ब्युटी फिल्टर प्रयोग गर्न नपाउने !

काठमाडौं । विश्वव्यापी रूपमा १ अर्ब प्रयोगकर्ता भएको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले किशोर किशोरीको लागि ब्युटी फिल्टर प्रयोग गर्न नदिने भएको छ ।

मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सौन्दर्य फिल्टरमा कडा प्रतिबन्धको घोषणा गरेको हो ।

अब १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले अनुहारको छाला चम्काउने , आँखा राम्रो देखाउने, ओठ चम्किलो बनाउने वा रङ्ग परिवर्तन गर्ने जस्ता सौन्दर्य फिल्टरहरू प्रयोग गर्न पाउने छैनन् ।

यस्ता फिल्टरहरू जसले अनुहारलाई मेकअपले पनि गर्न नसक्ने रूपमा परिवर्तन गर्छन्, तीमाथि रोक लगाइने भएको हो ।

यो नियम केही हप्ताभित्र लागू हुनेछ । तर, हास्यात्मक प्रभाव दिने फिल्टर जस्तै खरायोका कान वा कुकुरको नाक, जिब्रो थप्ने फिल्टरहरू भने प्रयोग गर्न पाउने छन् ।

टिकटकमा उपलब्ध सौन्दर्य फिल्टरहरूले किशोरकिशोरी, विशेष गरी किशोरीहरूलाई शारीरिक रूपमा आकर्षक देखिन दबाब दिइरहेको भन्दै व्यापक आलोचना हुँदै आएको छ ।

कतिपय किशोर किशोरीहरूले यस्ता फिल्टर प्रयोग गरेपछि आफ्नो वास्तविक अनुहारलाई कुरूप महसुस गरेको अनुभव सेयर गरेका छन् ।

१३ वर्षमुनिका प्रयोगकर्तामाथि थप कडाइ

टिकटकले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई प्लेटफर्म प्रयोग गर्नबाट रोक्न नयाँ प्रविधि ल्याउने घोषणा पनि गरेको छ । यो प्रविधिले प्रयोगकर्ताको वास्तविक उमेर पत्ता लगाउन मेसिन लर्निङको प्रयोग गर्नेछ ।

कम्पनीले हरेक तीन महिनामा २ करोड खाताहरू हटाउँदै आएको छ, जसमा उमेरसम्बन्धी नियम उल्लंघन गर्नेहरू पर्दछन् । अब नयाँ नियमले हजारौँ बालबालिकालाई प्लेटफर्मबाट हटाउन सक्छ ।

विशेषज्ञहरूले भनेका छन् कि यो कदम प्रशंसनीय भए पनि सामाजिक सञ्जाल प्लेटफर्महरूले आफ्ना डिजाइनका कमजोरीहरू सच्याउन र किशोर किशोरीमाथि पर्ने नकारात्मक प्रभावलाई कम गर्न थप कदम चाल्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved