प्रियंका गान्धीले खाइन् सांसदको शपथ

नेपालभ्युज

प्रियंका गान्धीले खाइन् सांसदको शपथ

काठमाडौं । इन्डियन नेशनल कांग्रेसकी प्रियंका गान्धीले बिहीबार लोकसभा सदस्यको शपथ लिएकी छन् ।

बिहीबार सदन पुगेकी गान्धीले हातमा संविधानको रातो रङको प्रतिलिपि लिएर शपथ लिएकी हुन् ।

हालै भएको लोकसभा उपचुनावमा उनले केरलाको वायनाड सिटबाट जित हासिल गरेकी थिइन् । प्रियंका गान्धीले पहिलो पटक चुनाव लडेकी हुन् ।

कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको राजीनामापछि यो सिट खाली भएको थियो । यस वर्ष भएको लोकसभा चुनावमा राहुल गान्धी रायबरेली र वायनाडबाट चुनाव लडे र दुबै ठाउँबाट विजयी भएका थिए ।

यसपछि उनले वायनाड सिट छोडे ।

यसबाहेक महाराष्ट्रबाट विजयी भएर संसदमा पुगेका रविन्द्र वसन्तराव चव्हाणले पनि लोकसभाको सदस्यता लिएका थिए । उनले मराठी भाषामा शपथ लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved