विराटनगर किंग्सका निकोलस किर्तन नेपाल आइपुगे

नेपालभ्युज

विराटनगर किंग्सका निकोलस किर्तन नेपाल आइपुगे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनगर किंग्सका निकोलस किर्तन नेपाल आइपुगेका छन् । बिहीबार विराटनगर किंग्सले किर्तन नेपाल आइपुगेको जानकारी दिएको छ ।

विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय अलराउण्डर किर्तनलाई अनुबन्ध गरेको थियो ।

उनले क्यानडाका लागि १८ ओडीआई र २५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा दुई अर्धशतकसहित ५६४ रन बनाएका छन् ।

विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने छन् । यसले केभिन ओब्रायनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुने हुनेछ । उद्घाटन खेलमा जनकपुर र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved