वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महाधिवेशन आजदेखि

नेपालभ्युज

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महाधिवेशन आजदेखि

काठमाडौं । मोहन वैद्य नेत्तृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आज (बिहीबार)देखि काठमाडौंमा सुरु हुँदैछ ।

मंसिर २३ सम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे न्युरोडस्थित भूगोलपार्कमा हुने सो पार्टीले जनाएको छ ।

विसं २०८० सालमा नेकपा (बहुमत) र यसै वर्षकाे वैशाखमा नेकपा (मसाल)का सन्तबहादुर नेपालीसँग एकतापछि हुन लागेकाले यसलाई एकताको महाधिवेशन भनिएको छ ।

महाधिवेशनमा विचारको बहससहित विभिन्न दस्तावेज पास गरेर नयाँ नेतृत्व चयन गर्ने सो पार्टीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved