दुर्गा प्रसाईंको रिट खारेज, थुनामुक्त नहुने

नेपालभ्युज

दुर्गा प्रसाईंको रिट खारेज, थुनामुक्त नहुने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज गरेको हो ।

प्रसाईंको हकमा छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । रिटमा गैरकानूनी रूपमा हिरासतमा लिएको भन्दै हिरासतमुक्त गर्न माग गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रसाईंलाई पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved