काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय हितमा नभएको अनुदान स्वीकार गर्न नहुने बताएका छन् ।
सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेड्रालिज्म संस्थाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘कुनै देशले अनुदान नै दियो तर, राष्ट्रिय हितमा छैन भने स्वीकार गर्नुहुन्न । हाम्रोमा बीआरआईको विषयमा ऋण भर्सेस अनुदान भनेर बहस भइरहेको छ । यो विकास अवधारणा हो । तर, कसरी फाइदा लिने भन्नेमा छलफल नै भएन ।’
ज्ञवालीले थप भने, ‘अहिले गर्ने भनेको फ्रेमवर्क सम्झौता हो । इम्प्लिमेन्टेसन भन्नू हतार हुन्छ । अनुदान वा ऋण भन्ने छलफल प्रोजेक्ट सुरु भएपछि त्यसको आधारमा टुंग्याउने विषय हो ।’
ऋण लिने विषय कुनै आइडोलोजी वा देश विशेष हेरेर लिने वा नलिने भन्ने दृष्टिबाट हेर्न नहुने उनको भनाइ छ ।
Facebook Comment
Comment