सन्तोष परियारले भेटे प्रधानमन्त्री ओली

नेपालभ्युज

सन्तोष परियारले भेटे प्रधानमन्त्री ओली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

मंगलबार बालुवाटार पुगेर परियारले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको ओलीको सचिवालय स्रोतले बताएको छ । भेटमा के विषयमा कुराकानी भएको भने खुलाइएको छैन ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बेलामा परियारले ओलीलाई भेटेका हुन् ।

लामिछानेलाई केही दिनमा काठमाडौं ल्याउने प्रहरीको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved