नेपाल आए पोखरा एभेन्जर्सका ४ विदेशी खेलाडी

नेपालभ्युज

नेपाल आए पोखरा एभेन्जर्सका ४ विदेशी खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको टोली पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगेका छन् ।

स्कटल्याण्डका माइकल लिस्क, इंग्ल्याण्डका म्याट क्रिट्लेवेस्ट, वेस्ट इन्डिजका रेमन रेइफर र नेदरल्याण्ड्सका बास डे लिड नेपाल आइपुगेका हुन् ।

उनीहरूलाई पोखरा एभेन्जर्सका अफिसियल कर्णवीर थापाले स्वागत गरेका हुन् । टी-१० लिग खेलिरहेका पाँचौं विदेशी खेलाडी आन्द्रेस गौस भने केही दिनपछि आउनेछन् ।

पोखराको मार्की खेलाडीमा राष्ट्रिय टोलीका खेलाडी कुशल भुर्तेल छन् भने मुख्य प्रशिक्षकमा राजिव कुमार छन् । त्यसैगरी मेन्टरमा जोन्टी रोड्स रहेका छन् ।

पहिलो खेलमा मंसिर १८ गते पाखेराले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved