दुर्गा प्रसाईंको मुद्दा न्यायाधीशद्वय पौडेल र पाण्डेयको इजलासमा

नेपालभ्युज

दुर्गा प्रसाईंको मुद्दा न्यायाधीशद्वय पौडेल र पाण्डेयको इजलासमा

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदन पेसीमा चढेको छ ।

निवेदन न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका छोरा नीराजनले सर्वोच्चमा निवेदन दिएका थिए ।

उक्त निवेदनमा अदालत उपस्थित गराउन आदेश गरेपछि मङ्गलबार उनलाई सर्वोच्च उपस्थित गराइएको थियो । उनी मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved