प्रधानमन्त्री ओलीले बोलाए सबै मन्त्री र सचिवलाई सिंहदरबारस्थित आफ्नो कार्यालय

नेपालभ्युज

प्रधानमन्त्री ओलीले बोलाए सबै मन्त्री र सचिवलाई सिंहदरबारस्थित आफ्नो कार्यालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्न भन्दै दुई उपप्रधानमन्त्रीसँगै सबै मन्त्री र सचिवलाई आफ्नो कार्यालयमा बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बुधबार) दिउँसो ३ बजे बस्नेगरी उनले समीक्षा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले नेपालभ्युजलाई जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारका कामको त्रैमासिक समीक्षा गर्ने बताइएको छ ।

साथै चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरूको समीक्षा गर्ने पनि उनको तयारी छ ।

नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता ओली गत असार ३० गते चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग मिलेर सरकार चलाइरहेका छन् ।

यद्यपि सरकारले अपेक्षाअनुसार काम नगरेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले कामको समीक्षा गर्न लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved