लुम्बिनी प्रदेश सांसद चौधरीलाई एमालेले गर्‍यो निलम्बन

नेपालभ्युज

लुम्बिनी प्रदेश सांसद चौधरीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौं । नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । बाँके एमालेको जिल्ला सचिवालय बैठकले चौधरीलाई निलम्बन गरेको हो ।

जिम्मेवार पदमा बसेका नेताले पार्टीलाई हानी नोक्सानी पुर्‍याएमा कारबाही हुने विधानको व्यवस्था अनुसार उनलाई  निलम्बन गरिएको बाँके जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

चौधरीले पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसायले गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्‍ने लगायतका गतिविधि गरेका कारण निलम्बन गरिएको गुरुङले बताए ।    बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन् ।  माओवादीबाट एमाले आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved