आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्री राणाको आग्रह

नेपालभ्युज

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर यसको विस्तार एवं प्रवर्द्धन गर्न नवनियुक्त राजदूत र निर्यात व्यवसायीलाई आग्रह गरेकी छन् ।

सरकारद्वारा हालै नियुक्त राजदूत तथा निर्यात व्यवसायीसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उनले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेको बताइन् ।

उनले भनिन्, ‘विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरुले आर्थिक कूटनीति प्रवर्धन गर्नुपर्ने जरुरी देखिएको छ ।’

उनले नियोगमार्फत हुने आर्थिक कूटनीतिका कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउनसमेत आग्रह गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved