काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन् ।
ट्रम्पले क्यानडाबाहेक अर्को छिमेकी देश मेक्सिकोका सबै उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । साथै, सबै चिनियाँ उत्पादनमा १० प्रतिशत कर बढाउने घोषणा पनि उनले गरेका छन् ।
ट्रम्पले क्यानडा र मेक्सिकोविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागूऔषध रोक्न आवश्यक भएको बताएका छन् ।
जनवरी २० मा पदभार ग्रहण गर्ने बित्तिकै उनले क्यानडा, मेक्सिको र चीनविरुद्ध कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् ।
क्यानडा र अमेरिकासँग विश्वको सबैभन्दा लामो सिमाना छ र दुई देशबीचको व्यापार सम्बन्ध एक ट्रिलियन डलरभन्दा बढी छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पलाई विजयी भएलगत्तै बधाई दिए पनि दुई नेताबीचको सम्बन्धमा निकै तनाव देखिएको छ ।
Facebook Comment
Comment