सर्वोच्चको साइनबोर्डमा रङ्ग छ्याप्ने विनु यादव पक्राउ (तस्वीरहरू)

सर्वोच्चको साइनबोर्डमा रङ्ग छ्याप्ने विनु यादव पक्राउ (तस्वीरहरू)

काठमाडौं । आफूमाथि घरेलु हिंसा भएको भन्दै न्यायका लागि आन्दोलन गर्दै आएकी सोलुखुम्बुकी विनु यादव सर्वोच्च अदालत अगाडिबाट पक्राउ परेकी छन् ।

मंगलबार सर्वोच्च अदालत अगाडि साइनबोर्डमा कालो रङ्ग छ्याप्ने क्रममा उनी पक्राउ परेकी हुन्।

रामेछापका प्रदीप कठायतसँग काठमाडौंमा चिनजानपछि प्रेमसम्बन्ध हुँदै विवाह गरेकी उनले आफूमाथि प्रदीप र उनको परिवारले घरेलु हिंसा गर्दै आएको आरोप लगाउदै आएकी छिन्।

अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला यादवले प्रदर्शन गरेकी हुन् । पक्राउसँगै उनलाई प्रहरी वृत्त सिंहदरबार लगिएको छ।

तस्वीरहरु-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved