प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री राणा मंसिर १३ गते चीन जाने

नेपालभ्युज

प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री राणा मंसिर १३ गते चीन जाने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा एक टोली त्यसतर्फ जाने भएको छ ।

परराष्ट्रमन्त्रीले मंसिर १३ गतेदेखि १५ गतेसम्म चीनको भ्रमण गर्ने गरी मन्त्रिपरिषदले स्वीकृति दिएको हो ।

आज बेलुका बसेको बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा एक टोली चीन जाने प्रस्ताव पारित भएको सरकारका प्रवक्ता संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ गतेदेखि हुने भनिए पनि दुबै देशले औपचारिक रुपमा घोषणा गरेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved