लिथुआनियामा विमान दुर्घटना, एक जनाको मृत्यु

नेपालभ्युज

लिथुआनियामा विमान दुर्घटना, एक जनाको मृत्यु

जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको अग्नि नियन्त्रकहरूले बताएका छन् ।

“विमान भिल्नियस विमानस्थलमा अवतरण गने क्रममा केही किलोमिटर टाढा दुर्घटना ग्रस्त भएको जनाउदै अग्निनियन्त्रक तथा आपतकालीन सेवा एकाईका प्रमुख रेनाटास पोजेलाले चालक दलका एक जनाको मृत्यु भएको बताएका छन् ।

उनका अनुसार दुर्घटनाको क्रममा एउटा घरमा आगलागीसमेत भएको थियो । राष्ट्रिय संकट व्यवस्थापन केन्द्रका प्रमुख विल्मान्टास भिटकाउस्कसले उक्त घरभित्र रहेका सबैलाई उद्धार गरी बाहिर निकालिएको बताएका छन् ।

डीएचएलका अधिकारी आउसरा रुटकाउस्किनले दुर्घटनाग्रस्त विमान आफ्नै कम्पनीको रहेको पुष्टि गरेका छन् । सिन्ह्वा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved