प्रतितोला १७ सयले बढ्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला १७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ ।

चाँदी आज एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved