यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा

नेपालभ्युज

यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी शुक्रबारदेखि यूएईमा सुरु हुने यू–१९ एसिया कपका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।

एसियन क्रिकेट परिषद् (एसीसी)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज (आइतबार) हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

केही दिनअघि भारतको कनार्टक यू–१९ सँगको पाँच खेलको सिरिजको प्रदर्शनका आधारमा अन्तिम टोली तयार गरिएको हो । उक्त सिरिज नेपाली टोलीले ३–२ ले जितेको थियो ।

टोलीमा हेमन्तसँगै अर्जुन कुमाल आकाश त्रिपाठी, उत्तम रङ्गु थापा मगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।

क्यानले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

 

एसिया कप प्रतियोगिता मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा नेपालको पहिलो खेल मंसिर १४ गते श्रीलंकासँग रहेको छ ।

नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ ।

यस्तै नेपालले अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा एसियाका आठ देशले सहभागिता जनाउँदै छन् । खेल ५० ओभरको हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved