प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक

नेपालभ्युज

प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् ।

आयोगका अध्यक्षसमेत रहेका उनले आज (आइतबार) बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा निजी मेडिकल कलेजसँग विवाद भइरहेका बेला आयोगको बैठक बोलाइएको हो । तर आजको बैठकको एजेन्डामा विवादित पीजी भर्नाको विषय भने उल्लेख छैन ।

आयोगको बैठकका एजेन्डामा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षा, चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधिलगायत एजेनडा तय भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved