काठमाडौं । उमेरले ४० वर्ष टेक्न लागेका पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो अझै अन्तर्राष्ट्रिय फुटबलमा छाइरहेका छन् । हाल साउदी अरेबियाको अल नासर क्लबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोमा युवा जोश अझै उस्तै छ ।
फुटबलमा ४० वर्षको उमेरसम्म फरवार्डको रुपमा माथिल्लो स्तरका व्यावसायिक लिग र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहनु सबैमा सम्भव हुने विषय होइन । यस रहस्यको कारण रोनाल्डो दैनिक व्यायामसँगै खानपानमा गरिएको ख्याललाई मान्छन् ।

रोनाल्डो अल्कोहलबाट टाढा छन् । सन् २००५ मा उनका बुवा जोसे डिनिस अभेइरोको निधन अत्यधिक अल्कोहल सेवनकै कारण निधन भएको थियो । त्यसैको प्रभावस्वरुप रोनाल्डो अल्कोहल सेवन गर्दैनन् ।
यस्तै रोनाल्डो बजारमा पाइने कोल्ड ड्रिंक्सबाट पनि टाढा छन् । सन् २०२१ मा भएको युरोकपको पत्रकार सम्मेलनमा रोनाल्डोलाई प्रचारका लागि कोकाकोला पिउन बोतल दिइएको थियो । तर त्यसलाई अस्वीकार गर्दै उनले मिनरल वाटर पिएका थिए । यस घटनापछि कोकाकोला कम्पनीलाई करोडौँ आर्थिक घाटा लागेको थियो ।
साथै रोनाल्डो आफ्नो शरीरमा ट्याटु खोपाउँदैनन् । किनकि उनी रक्तदान गरिरहन्छन् । ट्याटु खोपेपछि रक्तदान गर्न नमिल्ने भएकाले आफू यसबाट टाढा रहेको उनको भनाइ छ ।
Facebook Comment
Comment