आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने, कति लाग्छ पैसा ?

नेपालभ्युज

आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने, कति लाग्छ पैसा ?
फाइल तस्वीर ।

काठमाडौं । आज (आइतबार)देखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेशबमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिइएको हो ।

सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क स्वदेशीलाई २००, सार्क मुलुकलाई ५००, अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ ।

साथै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन शुल्क व्यावसायिक बाहेक प्रतिघण्टा ५ हजार, धरहरा परिसरमा व्यावसायिक भिडिओ छायांकन शुल्क प्रतिघण्टा ५ हजार, फोटोग्राफीका लागि १ हजार शुल्क तोकिएको छ ।

यस्तै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ ।

यसैगरी चारपाङग्रे सवारीसाधनका लागि २० रुपैयाँ र दुईपांग्रेका लागि १० रुपैयाँ पार्किङ शुल्क तोकेको छ । यसअघि धरहरामा काठमाडौं महानगरपालिकाले निशुल्क रुपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो ।

यस्तो छ शुल्क विवरण :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved