गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

नेपालभ्युज

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु
फाइल फोटो

गाजा । गाजामा शनिबार भएको इजरायली हमलामा कम्तीमा छ जना बालबालिकासहित १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा पट्टीमा इजरायली हवाई आक्रमणले निम्त्याएको नरसंहारमा १९ जनाको मृत्यु भएको र ४० जना भन्दा बढी घाइते भएको बताएका छन् ।

आक्रमणले उत्तरी गाजाको जेइतुनको घरमा प्रहार गर्दा तीन जना बालबालिका सहित सात जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको जनाइएको छ ।

एएफपिटिभीको फुटेजमा मानिसहरूले अन्धकारमा टर्च तथा मोबाइल फोन प्रयोग गरेर भग्नावशेषमा खोज तलास गरिरहेको देखाएको छ ।

खान युनूस सहरमा भएको आक्रमणमा तीन बालकसहित छ जनाको मृत्यु भएको तथा २६ जना विस्थापित भएको बासलले बताएका थिए ।

गाजा पट्टीको नुसेइराटमा एउटा घरमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको तथा दक्षिणी सिमानाको रफाहमा भएको ट्याङ्क फायरमा दुई जनाको मृत्यु भएको उनले बताएका छन् । एएफपी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved