काठमाडौं । भारतको केरला राज्यको वायनाड लोकसभा सीटमा भएको उपचुनावमा कांग्रेस उम्मेदवार प्रियंका गान्धी ३ लाखभन्दा बढी मतान्तरले अगाडि छिन् । गान्धीले अहिलेसम्म ४ लाख ८१ हजारभन्दा बढी मत पाएकी छन् ।
निर्वाचन आयोगको वेबसाइटका अनुसार सीपीआईका उम्मेदवार सत्यन मोकेरी करिब एक लाख ६२ हजार मतका साथ दोस्रो स्थानमा छन् भने भाजपा उम्मेदवार नव्य हरिदास ८७ हजार मतका साथ तेस्रो स्थानमा छिन् । हरिदास झन्डै ४ लाख मतान्तरले पछाडि छिन् ।
राहुल गान्धीले वायनाड सिट छोडेपछि प्रियंका गान्धी यहाँबाट उपचुनावमा लडेकी हुन् ।
यस वर्ष जुनमा भएको चुनावमा राहुल गान्धीले वायनाड सिटमा ३ लाख ६४ हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए । उनले ६ लाख ४७ हजारभन्दा बढी मत पाएका छन् ।
वायनाड बाहेक महाराष्ट्रको नान्देड लोकसभा सीटमा पनि उपचुनाव भएको छ । यस सिटमा भाजपाका उम्मेदवार सन्तोकराव हुम्बर्डे करिब ११ हजार मतान्तरले पहिलो स्थानमा छन् । दोस्रो स्थानमा कांग्रेसका रवीन्द्र चव्हाण बसन्तराव छन् ।
Facebook Comment
Comment