बीआरआईबारे कांग्रेस – ऋण नलिऔं, अनुदानकै प्रतिबद्धता कार्यान्वयन गरौँ

नेपालभ्युज

बीआरआईबारे कांग्रेस – ऋण नलिऔं, अनुदानकै प्रतिबद्धता कार्यान्वयन गरौँ

काठमाडौं । नेपाली कांग्रेसले बीआरआईअन्तर्गत चीनसँग ऋण लिन नहुने बताएको छ ।

कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान नै कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुने उनको भनाइ छ ।

उनले भने, ‘बीआरआईबारे कांग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन भनेका हौं । हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौं । चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै बर्ष भइसक्यो, कार्यान्वयन भएको छैन । अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ, हाम्रो ऋणको भार पनि धेरै भएको छ, चिनियाँ सरकारसँग मात्रै होइन, कुनै सरकारसँग पनि ऋण लिने बाटोमा जान हुँदैन ।’

चिनियाँ सरकारसँग बीआरआईअन्तर्गतकै अनुदान कार्यान्वयन गर्ने तर तत्काल ऋण लिन नहुने महतले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved