चारवटा प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भागमा हिमपात

नेपालभ्युज

चारवटा प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भागमा हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारतस्थित उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणालीको प्रभाव परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको विभागले आज (शुक्रबार) बिहान जारी गरेको सूचनामा जनाइएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोसी, बागमती, गण्डकी र कर्णाली गरी चारवटा प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ

आगामी २४ घण्टामा कोशी,बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved