स्वास्थ्यसम्बन्धी नियमावली स्वीकृत गर्ने बागमती सरकारको निर्णय

नेपालभ्युज

स्वास्थ्यसम्बन्धी नियमावली स्वीकृत गर्ने बागमती सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेशको बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार उक्त बैठकले निजामति सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका अधिकृतलाई कामकाजमा खटाउने, परियोजना सम्झौता (प्रोजेक्ट एग्रिमेन्ट)मा राय/सहमति प्रदान गर्ने र राय/सहमतिमा हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved