बाढीले कृषिमा ६ अर्बको क्षति गरेको मन्त्रालयको अनुमान 

नेपालभ्युज

बाढीले कृषिमा ६ अर्बको क्षति गरेको मन्त्रालयको अनुमान 

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढी पहिरोबाट भएको क्षतिको तथ्यांक संकलन थालेको छ ।

गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण संकलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए ।

वास्तविक किसानको नोक्सानीको विवरण संकलन भएपछि उनीहरूलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ ।

सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलान्चोक जिल्लामा क्षति भएको छ । बाढीबाट छ अर्ब रुपैयाँको क्षति भएको मन्त्रालयको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved