इजरायल-हमास युद्धपछि नेतन्याहु पुगे पहिलो पटक गाजा

नेपालभ्युज

इजरायल-हमास युद्धपछि नेतन्याहु पुगे पहिलो पटक गाजा

गाजा । इजरायल–हमास युद्ध छेडिएयता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु पहिलोपटक गाँजा पुगेका छन् । मङ्गलबार अचानक गाँजा पुगेका हुन् ।

उनले त्यहाँ इजरायली सैन्य अड्डाहरूको भ्रमण गरेका थिए । उनको साथमा रक्षामन्त्री इजरायल काट्ज पनि थिए ।

इजरायल सरकारले यो भ्रमणको भिडियो सार्वजनिक गरेको छ ।

नेतन्याहुले हमाससँग युद्धविरामका लागि कुनै पनि प्रयासलाई कडाइका साथ अस्वीकार गरेका छन् । युद्ध सकिएपछि हमासले प्यालेस्टाइनमा फेरि शासन नगर्ने पनि उनले बताएका छन् । बन्धकहरूलाई सुम्पने जो कोहीलाई ५० लाख डलर दिने प्रस्ताव पनि उनले गरेका छन् ।

युद्धमा सेनाले लगाउने ज्याकेट र हेलमेट लगाएर नेतान्याहुले भने । नेतन्याहु गाँजा भ्रमणमा हुँदा, ब्राजिलमा चलिरहेको जीट्वेन्टी शिखर सम्मेलनमा गाजालाई थप सहायता प्रदान गर्न र युद्ध रोक्न अपील गरिएको थियो । यहि महिनाको सुरुमा नेतन्याहुले योभ गालान्टलाई रक्षामन्त्रीबाट बर्खास्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved