काठमाडौं । सन् २०२६ मा हुन गइरहेको विश्वकप फुटबल छनोटमा ब्राजिल लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ ।
बुधबार घरेलु मैदानमा भएको खेलमा सर्वाधिक पाँच पटकको विश्वविजेता ब्राजिल उरुग्वेसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
फेडेरिको भाल्भर्डेले खेलको ५५ औँ मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । ब्राजिलका गेर्सनले ६२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
ब्राजिल यसअघिको खेलमा पनि भेनुजुएलासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
यस बराबरीले दुई पटकको विश्वविजेता उरुग्वे तालिकाको दोस्रो स्थानमा कायम छ । ब्राजिलले भने पाँचौ स्थानमा चित्त बुझाएको छ ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा विश्वविजेता अर्जेन्टिना छ ।
दक्षिण अमेरिकाका १० मध्ये ६ टोली सिधै विश्वकपमा छनोट हुनेछन् । सातौँ स्थानको टोलीले प्ले अफ खेल्न पाउँछ ।
Facebook Comment
Comment