विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा : प्रचण्डले सम्झिए गिरिजा (भिडिओ सन्देशसहित)

विसं २०५२ फागुन १ गतेदेखि चलेको सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री कोइराला र माओवादीका अध्यक्ष प्रचण्डबीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो ।

नेपालभ्युज

विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा : प्रचण्डले सम्झिए गिरिजा (भिडिओ सन्देशसहित)
विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौता भएकाे १८ वर्ष पुगेको अवसरमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मरण गरेका छन् ।

आज (बुधबार) एक भिडिओ सन्देश जारी गर्दै प्रचण्डले शान्ति प्रक्रियामा सहकार्य गर्ने नेपाली कांग्रेसका तत्कालीन सभापतिसमेत रहेका स्व कोइरालासहित सबैलाई धन्यवाद दिएका हुन् ।

‘आज विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिन, दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालासहित यो प्रक्रियामा सहकार्य गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ सामाजिक सञ्जालमार्फत् जारी भिडिओ सन्देशमा उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताका साथ अघि बढ्न पनि सबैमा अपिल गरेका छन् ।

‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताका साथ अघि बढ्न पनि सबैमा हार्दिक अपिल गर्दछु,’ उनले थपेका छन् ।

मुलुकमा १० वर्षे सशस्त्र द्वन्द्व सकिएर शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । तत्कालीन नेकपा (माओवादी)ले गरेको सशस्त्र युद्धको नेतृत्व प्रचण्डले गरेका थिए ।

विसं २०५२ फागुन १ गतेदेखि चलेको सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री कोइराला र माओवादीका अध्यक्ष प्रचण्डबीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नेमध्ये कोइरालाको २०६६ सालमा निधन भइसकेको छ ।

हेराैँ भिडिओ :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved