काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक कानूनको प्रमाणीकरण गरेका छन् । रूसी अखबार आरटीका अनुसार रूसले मङ्गलबार पहिलोपटक आणविक नीति परिवर्तन गरेको हो ।
अब उक्त कानूनकाअनुसार कुनै आणविक देशको साथमा गैरआणविक देशले रूसमा हमला गरेमा त्यसलाई सामूहिक आक्रमण मानेर त्यसैअनुसार जवाफ दिइनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई युद्धमा लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएपछि रूसले यस्तो कदम चालेको हो ।
गत सेप्टेम्बरमा बनेको यो कानून औपचारिक रूपमा मङ्गलबार प्रमाणीकरण भएपछि अब लागू भएको छ ।
रूस र उत्तर कोरियाले केही अगाडि मात्र एकअर्कामाथि हुने आक्रमणलाई आफूमाथिको आक्रमण भन्ने अर्थ लगाएर रणनीतिक सन्धि गरेका थिए । यी सबै घटनालाई लिएर कतिपयले तेस्रो विश्व युद्ध हुन लागेको अनुमान गरेका छन् ।
रूसका राष्ट्रपतिलाई देशको आणविक हतियार प्रयोगबारे सम्पूर्ण निर्णय गर्ने अधिकार हुन्छ ।
Facebook Comment
Comment