स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता गरिएको थियो ।
मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

नेपालभ्युज

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं । यही मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (मंगलबार) उम्मेदवारको नामावली प्रकाशन हुने भएको छ ।

आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने आयोगले बताएको छ ।

यसैगरी सोहीदिन दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता गरिएको थियो ।

मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved