त्रिशूली नदीमा ट्रक खस्यो, तीन जनाको उद्धार

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक मंगलबार बिहान त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले नेपालभ्युजलाई जानकारी दिए ।

नेपालभ्युज

त्रिशूली नदीमा ट्रक खस्यो, तीन जनाको उद्धार

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ ।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक मंगलबार बिहान त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले नेपालभ्युजलाई जानकारी दिए ।

दुर्घटनास्थलबाट नवलपरासी पश्चिमका २७ वर्षीय ट्रक चालक आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरिएको उनले बताए ।

‘उहाँहरूलाई प्रारम्भिक उपचारका लागि मझिमटारस्थित बिहानी फार्मेसीमा पठाइएको छ,’ उनले भने, ‘ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

दुर्घटनास्थल धादिङ र चितवनको सीमानामा पर्ने हुग्दीखोला नजिकै पर्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved