४९ उपसचिव पदमा बढुवाको प्रक्रिया स्थगित

नेपालभ्युज

४९ उपसचिव पदमा बढुवाको प्रक्रिया स्थगित

काठमाडौं। लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फको ४९ उपसचिव पदमा बढुवाको सूचना तथा विज्ञापन स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै  राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी बढुवा गर्न गत ३० असोजमा प्रकाशित सूचना  स्थगित गरिएको जानकारी दिएको हो ।

ऊर्जा मन्त्रालय अन्तरगतका कर्मचारीहरुले उक्त सूचना न्यायसंगत नभएको भन्दै  उच्च अदालत पाटनमा  रिट  दायर गरेका थिए ।  सो रिटमाथी उनीहरुको मागअनुसार नै अदालतले  १४ कात्तिकमा आन्तरिम आदेश जारी  गरेको थियो  ।

उच्चको सोही आदेश  अनुसार नेपाल इञ्जिनियरिङ सेवाका राज पत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका बढुवा सूचना र आन्तरिक प्रतिस्पर्धातर्फका विज्ञापनको दरखास्त संकलन समेत रोकिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved