काठमाडौं । विश्वभरि केही यस्ता परम्पराहरू छन्, जसको बारेमा सुन्दा विश्वास गर्न गाह्रो पर्छ । आज हामी एउटा यस्तो परम्पराको बारेमा जान्नेछौँ, जहाँ पुरुषबाट पिटिनुलाई महिलाहरू गर्व मान्छन् । यो आदिवासी समुदायसँग सम्बन्धित छ ।
इथियोपियाको हामर जनजातिमा एउटा विशेष समारोह हुन्छ, जसलाई ‘क्याटल जम्पिंग’ भनिन्छ । यसको लागि पन्ध्र वटा गाईलाई एकै ठाउँमा राखिन्छ ।
युवकहरुले ती गाईमाथि चार पटक उफ्रनुपर्छ । यो परीक्षामा असफल भएमा विवाह गर्न पाइँदैन । समारोहको क्रममा महिलालाई पनि पिटिन्छ ।
यहाँको अचम्मको कुरा के छ भने महिलाहरू यो पिटाइलाई गौरवको रूपमा लिन्छन् । उनीहरूले आफ्नो शरीरबाट रगत नबगेसम्म पिटाइ खान्छन् र यसलाई आफ्नो साहस र बलिदानको प्रतीकको रूपमा हेर्छन् । यसलाई उनीहरूको संस्कृतिको महत्त्वपूर्ण हिस्साको रूपमा लिइन्छ । यो जानकारी फ्रान्सेली फोटोग्राफर एरिक लाफोर्जले संसार साम्ने ल्याएका थिए । उनले यस्ता धेरै अनौठा परम्पराहरूको दस्तावेजीकरण गरेका छन् ।
यद्यपि आजको समयमा विश्वभरका महिलाहरू आफ्नो अधिकारको लागि आवाज उठाइरहेका छन्, यो परम्परा भने अझै पनि जारी छ । यसले हामीलाई विभिन्न संस्कृति र परम्पराको जटिलताको बारेमा सोच्न बाध्य बनाउँछ ।
Facebook Comment
Comment