आगोले सखाप: नक्सालको काठमिलमा करोडौंको सामान हेर्दाहेर्दै खरानी (फोटोहरू)

स्थानीयले आगो नियन्त्रणमा लिन प्रयास गरे पनि झन् फैलिँदै गयो । दमकल टोली आइपुग्दा मिलभित्रको अधिकांश सामग्री जलिसकेको थियो ।

नेपालभ्युज

आगोले सखाप: नक्सालको काठमिलमा करोडौंको सामान हेर्दाहेर्दै खरानी (फोटोहरू)

काठमाडौं । नक्सालस्थित नागपोखरी नजिक रहेको काठमिलमा सोमबार बिहान भीषण आगलागी भएको छ । क्षणभरमै काठपात र फर्निचरका सामग्रीले आगो समात्दै जाँदा लाखौँ रुपैयाँको क्षति भएको छ ।

स्थानीयले आगो नियन्त्रणमा लिन प्रयास गरे पनि झन् फैलिँदै गयो । दमकल टोली आइपुग्दा मिलभित्रको अधिकांश सामग्री जलिसकेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार आगोले मिलभित्र रहेका महँगा काठपात, फर्निचर, र अन्य सामान जलेर नष्ट गरे । ‘आफ्नै आँखाले काठ र फर्निचर जलिरहेको देख्यौं, केही गर्न सकिएन’ एक स्थानीयले भने।

दमकल र स्थानीयको तदारुकतामा आगो नियन्त्रणमा लिइए पनि क्षतिको विवरण अझै पूर्ण रूपमा खुल्न सकेको छैन ।

हेर्नुहोस्, घटनास्थलका केही तस्वीरहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved