नक्सालको फर्निचर पसलमा आगलागी, लाखौँको क्षति

नेपालभ्युज

नक्सालको फर्निचर पसलमा आगलागी, लाखौँको क्षति

काठमाडौं । नक्साल नागपोखरी नजिकको एक फर्निचर पसलमा सोमबार आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

होटेल मेरियट नजिक रहेको फर्निचर पसलमा लागेको आगोले काठपात र कवाड सामग्री जलेर नष्ट भएको प्रहरी वृत्त मालिगाउँले जनाएको छ।

आगलागीको जानकारी पाएलगत्तै काठमाडौं महानगरपालिकाको दमकल टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

प्रारम्भिक अनुसन्धानअनुसार आगलागीको कारण विद्युत् सर्ट भएको आशंका गरिएको छ । घटनास्थलमा पुगेका प्रहरी र स्थानीय प्रत्यक्षदर्शीका अनुसार तत्कालै आगो नियन्त्रणमा लिइएकोले थप क्षति हुनबाट जोगिएको छ ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved