हुम्ला सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

नेपालभ्युज

हुम्ला सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपाका पाँच जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
कांग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचु बुढाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी तिमल्सेना माओवादी हुम्लाका अध्यक्ष डा. दीपेन्द्र रोकायाकी श्रीमती हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved