यसरी हुँदैछ सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’ (तस्वीरहरु)

नेपालभ्युज

यसरी हुँदैछ सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’ (तस्वीरहरु)

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलका लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट जारी छ ।

धनगढी क्रिकेट एकेडेमीको मैदानमा आईतबार बिहान ट्यालेन्ट हन्ट सुरू भएको हो ।

सहभागी हुन चाहनेलाई सुदूरपश्चिम रोयल्सले नाम अनलाइन दर्ताको लागि १५ दिन अगाडी नै सूचना आव्हान गरेको थियो । विभिन्न उमेर समुहका खेलाडी प्रतिभा देखाउन उपस्थिति भएका छन् । ट्यालेन्ट हन्टका लागि २०० भन्दा बढी खेलाडीले नाम दर्ता गराएका थिए ।

एनपीएलका लागि हरेक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टबाट एकजना आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान छ ।

ट्यालेन्ट हन्ट सकेर सुदूरपश्चिम रोयल्सले केहीदिन धनगढीको फाप्ला खेल मैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण संचालन गराउने छ ।

ट्यालेन्ट हन्टका केही तस्वीर 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved