कीर्तिपुरमा उम्मेदवार छानेर पनि रास्वपाले दर्ता गराएन मनोनयन, स्वतन्त्रको माहोल देखेर ब्याक !

नेपालभ्युज

कीर्तिपुरमा उम्मेदवार छानेर पनि रास्वपाले दर्ता गराएन मनोनयन, स्वतन्त्रको माहोल देखेर ब्याक !

काठमाडौं । इलाम उपचुनावमा जमानत गुमाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कीर्तिपुरको मेयरका लागि पनि उम्मेदवारी नदिने बताएको छ ।

मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए ।

उप निर्वाचनका लागि अनलाइनमार्फत आवेदन लिएको रास्वपाले जयराम कार्कीलाई उम्मेदवार चयन गरेर पनि मनोनयन दर्ता गराएन । रास्वपाले यहाँ चुनावी प्रचार समेत थालेको थियो ।

अन्तमा सबै कार्यक्रम रद्ध गर्दै उम्मेदवारी दिएन । स्वतन्त्र उम्मेदवारमध्ये कसैलाई समर्थन गर्ने पार्टीले निर्णय लिने सभापति विष्टले बताए ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डङ्गोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।

तीनदलसहित स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ को उम्मेदरावी कीर्तिपुरमा चर्चामा छ । स्वतन्त्र (निर्दलीय) उम्मेदवार मानवको अरू दलका उम्मेदवार सहरको प्रचारले पनि किर्तिपुरमा रास्वपाले उम्मेदवार नदिएको चर्चा छ ।

निर्दलीय उम्मेदवार मानवको अरू दलका उम्मेदवार सरहको प्रचारले पनि कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिएको चर्चा छ । केही नेताका अनुसार, मानवको समर्थनमा माहोल अझै बलियो भएमा पार्टीले उनैलाई सहयोग गर्ने सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved